अर्थ/विजनेस मुख्य समाचार

महिला ट्रेकिङ्ग उधमीलाई प्रभु बैंकको सहुलियतपूर्ण कर्जा

सुनकोशी न्युज
२०७७ फाल्गुण ५ गते बुधबार
सोलुखुम्बु । प्रभु बैंक लिमिटेडले आईडिया स्टुडियो नेपालस“गको सहकार्यमा सहयात्रा समृद्धिको (Partnership for Prosperity) कर्जा योजनाअन्तर्गत सोलुखुम्बु जिल्ला, खुम्बु पासाङ्ग ल्हामु गाउपालिका, वडा नं ३, फाकदिङमा विभिन्न २४ महिला ट्रेकिङ्ग उधमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ ।

आज सम्पन्न एक कार्यक्रममा प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले महिला ट्रेकिङ्ग उधमीहरुलाई कर्जा प्रमाणपत्र हस्तान्तरण गरी उक्त सहुलियतपूर्ण कर्जा प्रदान गर्नुभएको बैंकले जानकारी दिएको छ ।

कोभिड –१९ को मारमा परेको ट्रेकिङ्ग व्यवसाय र नियमित आय–आर्जनबाट बिमुख हुन पुगेका महिला ट्रेकिङ्ग उधमीहरुलाई ट्रेकिङ्गको लागि चाहिने बन्दोबस्तिका समानहरुको जोहो गरी आनो उद्यम व्यवसायलाई पून ः सुचारु गर्दै जीवनस्तर सुदृढ पार्न यो कर्जाले सहयोग गर्ने बिश्वास बैंकले लिएको छ ।

 

प्रकाशित मिति: बुधबार, फाल्गुन ५, २०७७