मुख्य समाचार

उर्जामन्त्रीले लिए प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं–ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन ‘अनन्त’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। 

प्रधानमन्त्री ओली उपचाररत अस्पताल नेसनल युनिभर्सिटीमै पुगेर मन्त्री पुनले शनिवार स्वास्थ्य अवस्थाको जानकारी लिएका थिए । 

उनले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालसंग समेत भेटवार्ता गरेका थिए । मन्त्री पुन सिंचाईसम्बन्धी कार्यक्रममा भाग लिन इण्डोनेशिया जाने क्रममा सिंगापुर पुगेका हुन् । 

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि मन्त्री पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत त्यसको जानकारी दिएका छन्। उनले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिलेसम्मको उपचारबाट उल्लेख्य सुधार भएको उल्लेख गरेका छन् । 

प्रधानमन्त्री ओली सोमबार र बुधवारको जांचपछि नेपाल फर्कने मन्त्री पुनले जानकारी दिए।

‘आज सिगापुरमा प्रधानमन्त्रीज्यूको स्वास्थ्य उपचारको जानकारी लिने मौका मिल्यो,’ मन्त्री पुनले फेसबुकमा लेखेका छन, ‘स्वास्थ्य अवस्था सामान्य रहेको छ, सोमबार र बुधवारको जांच पश्चात नेपाल फर्कने खबरले असाध्य खुशी लाग्यो। थप स्वास्थ्य लाभको कामना।’

प्रकाशित मिति: शनिबार, भदौ १४, २०७६