मुख्य समाचार

युगान्डामा तेल ट्यांकरमा आगलागी, १० जनाको ज्यान गयो

युगान्डा : तेल बोकेको ट्रक पड्कँदा कम्तिमा १० जनाको ज्यान गएको छ ।

प्रहरीका अनुसार केन्याबाट कंगोतिर जाँदैगरेको तेल ट्यांकरमा आगलागी भएको हो । रुबिरिजी जिल्लाको क्याम्बुरामा यस्तो घटना भएको डेली मनिटर पत्रिकाले जनाएको छ । बीच बजारमा भएको यस्तो घटनापछि ३० वटा पसलमा आगलागी समेत भएको थियो ।

प्रकाशित मिति: सोमवार, भदौ २, २०७६