पत्रपत्रिकाबाट मुख्य समाचार समाचार

एक वर्षमै ३ सय बढी निजामती कर्मचारीले बनाए जटिल बिरामी र कडा रोग लागेको सिफारिस

काठमाडौं,  २०७६ भदौ १

एक वर्षमै ३ सय ३० जना निजामती कर्मचारीले आफूलाई जटिल बिरामी तथा कडा रोग लागेको मेडिकल बोर्डबाट सिफारिस बताएका छन् ।

समायोजन भई स्थानीय तहमा खटिएका कर्मचारी संघमा आउन उनीहरुले बोर्डबाट कडा रोग लागेको सिफारिस गराएका हुन् । त्यस्तो सिफारिस ल्याउने कर्मचारीमध्ये अधिकांश स्वास्थ्य तथा प्रशासन सेवाका छन् ।

कर्मचारी समायोजन ऐन २०७५ मा मानसिक बिरामी तथा कडा रोग लागेको भनी मेडिकल बोर्डबाट सिफारिस ल्याएका कर्मचारीलाई संघमा समायोजन गर्न सकिने व्यवस्था छ ।

उक्त व्यवस्थाको दुरुपयोग गर्दै स्थानीइ तहमा समायोजन भएका कर्मचारीहरुले पुल दरबन्दीमा आउन कडा रोग लागेको सिफारिस गराएका हुन् । यो समाचार आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन् ।

प्रकाशित मिति: आइतवार, भदौ १, २०७६