मुख्य समाचार

गुल्मीमा जिप दुर्घटना: ५ को अवस्था गम्भीर

बुटवल– शुक्रबार साँझ गुल्मीको गौंडाकोटमा जिप दुर्घटना भएको छ ।  गुल्मीदरवार गाउँपालिका वडा नम्वर ३ गौडाकोटमा बुटवलबाट तम्घास आउँदै गरेको  लु २ च ५४७५ नम्वरको जिप दुर्घटना भएको हो ।
गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालका अनुसार कति तल खसेको छ भन्ने कुरा एकिन भइसकेको छैन । अहिलेसम्म ५ जना गम्भीर घाइतेलाई माथि सडकमा निकालेर ३ जना बढी गम्भीरलाई पाल्पा पठाइँदै छ । थप विवरणका लागि प्रहरी खटिएको छ ।
‘वारी गौडाकोट र पारी गौडाकोटको पँधेरोजस्तो देखिने खोल्साबाट धेरै तल खसेको भन्ने सुनेर जाँदैछु’ गुल्मीदरवार गाउँपालिका प्रमुख अशोककुमार थापाले भने  । उनले भने, ‘क्षति विवरण त्यहाँ नपुगे सम्म भन्न सक्दिन ।’
प्रकाशित मिति: शुक्रबार, साउन २४, २०७६