समाचार हेडलाईन न्युज

ओलीको अध्यक्ष पद माधवलाई दिने केन्द्रीय समितिको निर्णय, प्रभु साहको आपत्ति

सुनकोशी न्युज
२०७७ पौष ७ गते मंगलबार
काठमाण्डौं । आज सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठकले अध्यक्ष केपी ओलीलाई अनुशासनको कारबाही गर्दै अध्यक्ष पदबाट उनलाई मुक्त गरेको छ ।

ओलीलाई अध्यक्ष पदबाट मुक्त गरेपछि रिक्त पदमा माधव कुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय पनि सर्वसम्मतले पारित भएको प्रवक्त तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

तर पार्टीमा दुई अध्यक्ष प्रणाली भएकै कारणले पार्टीको एकतामा समस्या आएको र पार्टी गम्भीर संकटमा पुगेकाले एकजना मात्रै अध्यक्ष हुनपर्ने भन्दै केद्रीय सदस्य तथा दुई नम्बर प्रदेशका अध्यक्ष प्रभू साहले आपत्ति जनाएका थिए ।

साहले माधव नेपाललाई अध्यक्ष बनाउने कुराको बिरोध गरेका छन् । तर सर्वसम्मत निर्णय भैसकेकाले निर्णय फिर्ता नहुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

बैठकले सरकारले गरेको संसद विघटनलाई असंवैधानिक भन्दै संसद विघटन नभएको जनाएको छ । न्यायलयले यसबारेमा संविधानसम्मत निर्णय गरेर संसद विघटन नभएको प्रमाणित गर्ने बताइएको छ ।

बबरमहलको कार्की बैंक्वेटमा आयोजना गरिएको केन्द्रीय समितिको बैठकमा नेकपाका ४४५ जना केन्द्रीय सदस्यमध्य दुई तिहाई अर्थात ३१५ जनाको सहभागिता रहेको थियो ।

उता आजै विहान बालुवाटारमा ओलीले बोलाएको आफ्नो गुटको बैठकमा जम्मा ११० जना मात्रै केन्द्रीय सदस्य सहभागी भएका थिए ।

तर ओलीले केन्द्रीय समितिको बैठक भनेर बोलाएको भए पनि केन्द्रीय समिति सदस्य नरहेका झण्डै ५५० जनालाई बोलाएर महाधिवेशन आयोजक समितिको सदस्य बनाएका छन् । उनले आगामी मंसिर २ गते महाधिवेशन गर्ने जिकिर गरेका छन् ।

यता प्रचण्ड नेपाल पक्षले ओलीलाई अध्यक्ष पदबाट हटाए पनि ओलीले भने कसैलाई पार्टीबाट कारबाही नगरेको जलिल पेस गरेका छन् । तर नारायणकाजी श्रेष्ठलाई प्रवक्तबाट हटाएर परराष्ट्रमन्त्री प्रदिप ज्ञावलीलाई प्रवक्त बनाएका छन् ।

प्रकाशित मिति: मङ्लबार, पुस ७, २०७७