समाचार हेडलाईन न्युज

कृष्णबहादुर महरा नेकपा स्थायी कमिटी सदस्य मनोनित

सुनकोशी न्युज
२०७७ पौष ७ गते मंगलबार
काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षीय केन्द्रीय कमिटी बैठकले पूर्व सभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य मनोनित गर्ने निर्णय गरेको छ ।

यसअघि स्थायी कमिटी बैठकले गरेको प्रस्तावलाई अनुमोदन गर्दै केन्द्रीय कमिटीले महरालाई स्थायी कमिटी सदस्य बनाएको प्रवक्त नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सभामुख निर्वाचित भएपछि महराले तत्कालीन नेकपा माओवादी पार्टी सदस्यबाट राजीनामा दिएका कारण उनी पार्टी राजनीतिबाट अलग थिए ।

नेकपा फुटको संघारमा पुगेका बेला अध्यक्ष पुष्ष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको छुट्टै केन्द्रीय कमिटी बैठक बसेको हो । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर नेता नेपाललाई पार्टी अध्यक्ष बनाउने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति: मङ्लबार, पुस ७, २०७७

 

 

ताजा अपडेट