समाचार

नेकपाको आधिकारिक केन्द्रीय कमिटी बैठक सुरु

सुनकोशी न्युज
२०७७ पौष ७ गते मंगलबार
काठमाण्डौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिक केन्द्रीय समितिको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ ।

बबरमहलस्थित कार्की ब्याङ्केटमा स्थायी कमिटीको बैठक सकिएलगत्तै केन्द्रीय कमिटीको बैठक बसेको हो । बैठकमा बादल, टोपबहादुर रायमाझी, मणी थापा र लेखराज भट्ट सहभागी छैनन् ।

बादल बालुवाटारमा ओलीले आयोजना गरेको बैठकमा पनि गएका थिएनन् । उनले अलग्गै भेला गरेर ओलीलाई साथ दिन नसकिने बताएका छन् ।

प्रकाशित मिति: मङ्लबार, पुस ७, २०७७