समाचार हेडलाईन न्युज

हरिवोल गजुरेल प्रचण्डतिरै, टोपबहादुर र भट्ट ओलीतिर

सुनकोशी न्युज
२०७७ पौष ७ गते मंगलबार
काठमाण्डौं । नेकपाका अध्यक्ष केपी ओलीले संविधानविपरित संसद विघटन गरेपछि पार्टीमा आएको विवादपछि पार्टी एकता कायम रहनुपर्छ भनेर दुर्ब अध्यक्षलाई मिलाउनतिर लागेका हरिबोल गजुरेल, टोप बहादुर रायमाझी र लेखराज भट्टमध्य रायमाझी र भट्ट ओलीले बालुवाटारमा आयोजना गरेको केनद्रीय समितिको बैठकमा गएर आफूलाई ओलीको कित्तामा स्पष्ट रुपमा उभ्याएका छन् ।

स्थायी समिति सदस्य हरिवोल गजुरेल भने पार्टी एकताको लागि अन्तिमसम्म प्रयासरत रहे पनि ओलीले एकपछि अर्को संविधानविरोधी र जनविरोधी कार्यमा लिप्त रहेपछि पार्टीको मूलधारमा प्रतिवद्ध रहेको बताएका छन् । उनी अहिले बबरमलको कार्की व्यंक्वेटमा जारी केन्द्रीय कमिटिको बैठकमा सहभागी भएका छन् । उनी ओलीले बालुवाटारमा आयोजना गरेको बैठकमा गएनन् ।

सचिवालय सदस्य राम बहादुर थापा बादलले पनि आज अलग्गै भेला गरेर ओलीलाई साथ दिन नसकिने बताएका छन् । उनको समूहले प्रचण्डलाई साथ दिने बताएको छ ।

यसैबीच गजुरेलको पक्षधरताबारे देशभरिबाट चासो र चिन्ता व्यक्त हुन थालेपछि उनको सचिवालयलले एक प्रेसनोट जारि गर्दै गजुरेल प्रचण्ड–नेपालको मूलधारमा प्रतिवद्ध रहेको स्पष्ट पारेको छ ।

प्रेसनोट यस्तो छ –
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटि सदस्य हरिवोल गजुरेलको पक्षधरताबारे फोन, सामाजिक संजाल र भेटमा जिज्ञासा राख्नुहुने कमरेडहरू, शुभचिन्तक र आम जनसमुदायमा स्पष्ट पार्न चाहन्छु कि उहाँ नेपाली कम्युनिस्ट आन्दोलनमा अद्वित्तिय योगदान र भूमिका निर्वाह गरेको एक असल र परिपक्व नेतृत्व भएकोले पार्टीको एकता, बिग्रह, आचरण, विचार, कार्यदिशा, विधिपद्दति र संगठनबारे स्पष्ट बुझाईर भिजन भएको नेतृत्व भएको सबैलाई ज्ञात नै छ। ईतिहासको आवश्यकताले भएको अदभूत पार्टी एकतालाई केही सानातिना विवाद र अन्तरविरोधले बिथोल्न दिनुहुँदैन, यसका लागि सबै नेतृत्व सच्चिनु पर्छ, थोरै त्याग गर्नुपर्छ भन्ने मान्यता उहाँको रहेको छ। सात दशकपछि नेपालमा कम्युनिस्ट पार्टीको बहुमतको सरकार छ, त्यसको राष्ट्रिय समृद्धिमा सदुपयोग हुनुपर्छ नत्र कम्युनिस्ट पार्टी प्रति जनताको विश्वासमा कुठाराघात हुनेछ, त्यसैले एकता जोगाउनुपर्छ भन्ने उहाँको स्पष्ट र दृढ धारणा रहेको हो। यसका लागि यता वा उताको पक्ष वा विपक्षमा नाराजुलुस गर्दै सत्यमाथि पर्दा हाल्नु हुदैन भनेर स्पष्ट रुपमा दुबै अध्यक्षलाई एकता अक्षुण राख्न दबाब दिदै आउनु भएको हो। अब अध्यादेश ल्याउने, असंवैधानिक तरिकाले सार्वभौम संसद विघटन गरेर आर्थिक संकटमा देश आक्रान्त भएका बेला चुनाव घोषणा गरेर प्रधानमन्त्री ओलीले पार्टी, संविधान, देश र जनताप्रति ठूलो गद्दारी गरेको वर्तमान अवस्थामा उहाँ त्यसको पक्षमा हुने सवालै आउदैन। उहाँ पार्टीको बहुमत सदस्यले गरेको आधिकारिक निर्णयभन्दा पृथक नरहेको स्पष्ट पार्न चाहन्छु । राजनीतिमा हुने विविध संघर्षका कारण उहाँको अवसानमा आफ्नो भविष्य देख्ने संकीर्ण तत्वहरूको महत्वकांक्षा पूरा हुनेछैन । क। गजुरेल हिजो, आज र भोलि आफ्नो विचार, विधि, पद्धति, आन्दोलन, पार्टी र जनताप्रति जिम्मेवा र प्रतिवद्ध रहेको जानकारी गराउन चाहन्छु । कुनै पनि असंवैधानिक र जनविरोधी हर्कतको विरुद्धमा रहेको र पार्टीको मूल आधिकारिक धारको नेतृत्व पंक्तिमा रहेको जानकारी गराउन चाहन्छु । ईतिहासले धेरै ठूलो संघर्ष र वलिदानबाट निर्माण गरेको पार्टी, विचार र नेतृत्व बारे तुक्ष्छ घटनासँग दाजेर चरित्र हत्या गर्नु निम्छरो चेतनाको विम्व हो। पार्टी एकताको पक्षमा दृढतापूर्वक भूमिका निर्वाह गरौं।

बिदुर खड्का
स्वकीय सचिव, क।हरिवोल गजुरेल
नेकपा, बागमती प्रदेश कमिटी सदस्य

प्रकाशित मिति: मङ्लबार, पुस ७, २०७७