समाचार हेडलाईन न्युज

नेकपा सचिवालय बैठक १३ गतेसम्म स्थगित, अर्का अध्यक्ष अाेलीले छुट्टै प्रस्ताव ल्याउने

सुनकाेशी न्युज
२०७७ मंसिर ३ गते बुधबार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे बैठक अागामि मंसिर १३ गते बस्ने गरि स्थगित भएको छ। उक्त बैठकमा अर्का सेरेमोनियल अध्यक्ष केपी अाेली शर्माले अाफ्नाे छुट्टै प्रस्ताव पेस गर्छु भनेपछि बैठकमा सहभागी अन्य नेताहरूले सहमति दिएको एक सदस्यले बताए ।

यसअघि बसेकाे बैठकमा प्रमुख कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयका बहुमत ६ सदस्यका तर्फबाट प्रस्ताव पेस गरेका थिए। त्यसमा अाेलीका कमजोरी अाैल्याईएकाे भन्दै उनीपक्षका केही नेताले अापत्ति जनाउदै बैठकमा नबस्ने घुर्कि लगाएका थिए ।

देशभरिका पार्टी कार्यकर्ताको दबाबमा अाेलीपक्ष बैठकमा सहभागी भए पनि उनलेे अाफूले अलग्गै प्रस्ताव ल्याउन पाउनुपर्ने जिकिर गरेका थिए ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार २०७७ मंसिर १३ गते सचिवालय बैठक र बैठकमा कमरेड के.पी. ओलीको समेत प्रस्ताव आउने, २०७७ मंसिर १८ गते स्थायी समिति बैठक र २०७७ मंसिर २५ गते केन्द्रिय समितिको बैठक बस्ने पनि बैठकले निर्णय गरेको छ।

नेकपा फुटाेस भनेर धुप हाल्नेहरू निरास भएको नेता बालकृष्ण ढुंगेलले बताए ।

बैठकले प्रचण्ड लगायतले पेस गरेको साझा प्रस्ताव फिर्ता गर्नुपर्नेमा अाेलिकाे अलग्गै प्रस्ताव ल्याउन अनुमति दिएकोमा अापत्त जनाएका छन् । उनलेे यो दश दिनकाे समयलाई एउटै साझा प्रस्ताव ल्याउने सहमति बनाउन सदुपयोग गर्नुपर्ने उनको तर्क छ।

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०७७