समाचार हेडलाईन न्युज

यो सरकारका कारण परिवर्तनका बाँकी काम पूरा गर्न सकिएन : प्रचण्ड

सुनकाेशी न्युज
२०७७ कार्तिक ३० गते अाईतबार
काठमाडौं । वर्तमान सरकारका कारण परिवर्तनका बाँकी काम पूरा गर्न नसकिएको नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले बताउनुभयाे ।

अाज पद्मरत्न तुलाधरकाे दाेस्राे स्मृति कार्यक्रममा अादिवासी जनजाति महासंघको अायाेजनामा गरिएको जुम क्लाउड मिटिङमा अध्यक्ष प्रचण्डले उक्त कुरा बताउनु भएको हाे ।

पद्मरत्न जनयुद्ध लगायत सबै अान्दोलनमा एक अद्वितीय अविभावक रहेको र जातीय क्षेत्रीय मुक्ति अान्दोलनमा उहाँको अग्रणी भूमिका रहेको उल्लेख गर्नुभयो । तुलाधरकाे स्मृतिमा प्रतिष्ठान बनाउने उहाँले बताउनुभयो ।

परिवर्तनको नेतृत्व गरेका कम्युनिस्ट पार्टी एकठाउँमा अाएर राष्ट्रिय समृद्धिका बाकि कार्यभार पूरा गर्नुपर्ने अावश्यकताबाट प्रेरित भएर पार्टी एकता गरिए पनि वर्तमान सरकारले पार्टीको निर्णय कार्यन्वयनमै अानाकानी गर्ने, व्यक्तिवादी र मनाेगत तरिकाबाट चलेका कारण परिवर्तन संकटमा परेको उहाँले बताउनुभयो ।

सरकार र पार्टी विधिसम्मत चल्नुपर्छ भन्दा विभिन्न समयमा अाफैंले पद त्याग गरेको व्यक्तिलाई पदलाेलुपकाे अाराेप अाेली गुटले लगाउने गरेको प्रति दाहालले गुनासो गर्नुभयो ।

कार्यक्रममा जसपाका कार्यकारी अध्यक्ष उपेन्द्र यादवले मधेस अान्दोलनताका मधेशमै पुगेर अान्दोलनप्रति एेक्यवद्धता जनाउने तुलाधर पहिलो जनजाति नेता रहेको बताउदै उहाँको स्मृतिमा प्रतिष्ठान बनाउन सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले जनयुद्ध कालमा विद्यार्थी अान्दोलन मत्थर पार्न कसरी अघि बढ्ने भनेर तुलाधरसँग सल्लाह माग्न गएकाे स्मरण गर्नुभयो ।

परशुराम तामाङको सभापतित्वमा सम्पन्न जुम मिटिङमा पाशाङ शेर्पा, अाङकाजी शेर्पा, सुरेश अाले, मातृका यदव, सिपि गजुरेल, कुमार पाैडेल, लगायत दर्जनौं जनजाति नेता, नेता र केही पत्रकारको समेत सहभागीता रहेको थियोे ।

कार्यक्रममा अध्यक्ष प्रचण्ड प्रमुख अतिथि हुनुहुन्थ्यो । उहाँ केहीबेर अाफ्ना कुरा राखेर पार्टीको महत्त्वपूर्ण बैठकमा जानुपर्ने भन्दै डिसकनेक्ट हुनुभएको थियोे ।

प्रकाशित मिति: आइतवार, कार्तिक ३०, २०७७

 

 

ताजा अपडेट