शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

अमेरिकाले दियो १०० वटा भेन्टिलेटर, हरेक प्रदेशले ७/७ वटा पाउने

सुनकोशी न्युज
२०७७ कार्तिक २८ गते शुक्रबार
काठमाण्डौं ।अमेरिकाले कोभिड(१९ विरुद्धको लडाईमा सहयोग पुर्‍याउन नेपाललाई १०० थान भेन्टिलेटर सहयोग गरेको छ ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआईडी) मार्फत दिइएको भेन्टिलेटर अमेरिकी राजदूत र्‍याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तानतरण गरेका छन् ।

अति दुर्गम क्षेत्रका समुदायको उपचारमा सहयोग पुगोस् भनेर भेन्टिलेटर सहयोग गरेको राजदूत बेरीले बताए ।

स्वास्थ्यमन्त्री ढकालका अनुसार अमेरिकाले दिएको १०० वटा भेन्टिलेटरमध्ये सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई ७/७ वटाका दरले वितरण गरिने छ । बाँकी सरकारी अस्पताललाई दिइने छ ।

प्रकाशित मिति: शुक्रबार, कार्तिक २८, २०७७