समाचार हेडलाईन न्युज

बाघको छालामा स्यालको रजाईं, सहयोगीबाटै प्रमको ट्वीटर दुरुपयोग

सुनकोशी न्युज
२०७७ कार्तिक २५ गते मंगलबार
काठमाण्डौं । ‘बाघको छालामा स्यालको रजाई’ भनेझैं प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्वीटर ह्याण्डल सचिवालयका सहयोगीहरुबाट दुरुपयोग भएको छ । ‘केपी शर्मा ओली’ नामको ट्वीटर ह्याण्डलबाट मंगबलार प्रधानमन्त्रीका प्रेस हेर्ने सुर्य थापाबाट गलत म्यासेज ट्वीट भएको बालुवाटार स्रोतले जनायो ।

पत्रकार मात्रिका पौडेलले नयाँ व्यवसाय गर्न लागेकोमा ओलीको ट्वीटमार्फत शुभकामना दिइएको छ । यस्तै दुबै कोरोना संक्रमित भएको र संक्रमणमुक्त भएपछिको भेटमा ती पत्रकारले खुसी हुने योजना सुनाउँदा दुबै जना दंग भएको उल्लेख गरिएको छ । जवकी ट्वीटसहितको फोटोमा भने पत्रकार पौडेल र थापाको फोटो रहेको छ ।

प्रधानमन्त्रीको ट्वीटरमा असम्बन्धित विषयको ट्वीट भएको भन्दै सामाजिक सञ्जालमा प्रश्न उठाइएपछि एकाएक ट्वीट हटाइएको छ । अरुलाई छुद्र बचन प्रयोग गर्ने र अर्तिउपदेशमा समय खर्च गर्ने थापाले बिगतमा पनि प्रधानमन्त्री कार्यालयमा बसेर पदको दुरुपयोग गर्ने गरेका थिए ।

अरुको न्युज पोर्टल समेत ह्याक गरेर समाचार हटाउने र आफूखुसी राख्ने गरेको केही मिडियाले गुनासो गरेका थिए । यसपटक थापाले प्रधानमन्त्रीको ट्वीटर दुरुपयोग गरेर प्रधानमन्त्रीलाई नै कोरोना संक्रमण भएको भ्रम पर्ने सन्देश प्रवाह गरेर दुनियाँलाई भ्रमित बनाएका छन् ।

देशको प्रधानमन्त्रीको सचिवालय जस्तो गरिमामय स्थानमा बसेर यसरी राष्ट्रकै बेइजेत हुने कार्य सचिवालयकै जिम्मेवार मानिसबाट पटकपटक हुनुमा प्रधानमन्त्रीले नै यस्ता मानिसहरुलाई अनाबस्यक स्थान दिएका कारण भएको विश्लेषहरु बताउछन् । थापाको यस कार्यको सबै राजनीतिककर्मी र पत्रकारहरुले निन्दा गरेका छन् ।

प्रकाशित मिति: मङ्लबार, कार्तिक २५, २०७७