प्रदेश २ समाचार हेडलाईन न्युज

संविधानसभाका सदस्य चाैधरीकाे काेराेनाका कारण गयो ज्यान

सुनकाेशी न्युज
२०७७ कार्तिक ११ गते मंगलबार
सप्तरी । संविधानसभा सदस्य मानपुर चाैधरीकाे काेराेना संक्रमणका कारण ज्यान गएकाे छ।

लामो समयदेखि डाइबिटिज रोगबाट पीडित चाैधरीकाे कोरोना संक्रमित भै बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान धरानमा उपचारको क्रममा निधन भएको हाे ।

उनी सप्तरीको कम्युनिस्ट आन्दोलनका पुराना नेता हुन् । बिगतमा उनले स्थानीय निकायका विभिन्न पदमा रही जिम्मेवारी सम्हालेका छन् ।

६१ वर्षका चाैधरी संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित सदस्य हुन् ।

उनी सत्तारुढ नेकपाका प्रदेश कमिटी सदस्य हुन् । चाैधरी सप्तरीको कंचनपुररुप नगरपालिका – 4 कबिलासा निवासी हुन् ।

प्रकाशित मिति: मङ्लबार, कार्तिक ११, २०७७