समाचार हेडलाईन न्युज

सिन्धुलीमा बाईक दुर्घटना, एकको मृत्यु, अर्का गम्भीर घाइते

सनकाेशी न्युज
२०७७ कार्तिक १० गते साेमबार
सिन्धुली । गएराति करिब ११:३० बजे सिन्धुलीको करकरेमा माेटरसाईकल दुर्घटना हुदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ।

बिपरित दिशाबाट अाईरहेकाे पिकअप भ्यानसँग तिब्र गतिमा अाईरहेकाे माेटरसाईकल ठाेक्किदा दुर्घटना भएको प्रहरीले जनायो ।

दुर्घटनामा परेर मृत्यु हुने ब्यक्ति उदयपुर जिल्लाका कार्की थरका युवा भएको प्रहरीले जानकारी दिएको छ । घटना मा परी घाइते हुनेमा सिन्धुली सौगात अनलाइनका सम्पादक तथा प्रकाशक विनोद रायमाझीका छाेरा कमलामाई नगरपालिका वडा नम्बर ५ मरुवाटार निवासी सौगात रायामाझी रहेको खुलेको छ ।

अर्का घाइतेको खुट्टा तीनठाउँमा भाचिएकाे अस्पतालले जनाएको छ। उनकाे काठमाडौं सिनामंगलस्थित केएमसि अस्पतालमा उपचार भईरहेकाे छ ।

मृतक युवाले माेटरसाईकल हाकेका थिए। उनले हेलमेट नलगाएकाे खुलेको छ। करकरेमा अाएपछि माेटरसाईकल चलाईरहेका साैगातलाई मृतक युवाले पछाडि बस्न भन्दै अाफैले हेलमेट नलगाई बाईक हाकेका थिए।

प्रकाशित मिति: सोमवार, कार्तिक १०, २०७७