प्रदेश २ समाचार स्थानीय हेडलाईन न्युज

मुकेश हत्याको छानबिन गर्न मातृका यादव र सुरेन्द्र पाण्डे बिरगंजमा

सुनकाेशी न्युज
२०७७/७/७
पर्सा, बिरगञ्ज। सत्तरुढ नेकपा विन्ध्याबासिनी गाउँकमिटिकाे सपथ ग्रहण कार्यक्रममा झडप हुँदा नेकपा जिल्ला कमिटि सदस्य मुकेश कुमार चाैरसियाकाे मृत्यु भएको घटना छानबिन गर्न नेकपाका दुई स्थायी समिति सदस्य मातृकाप्रसाद यादव र सुरेन्द्र पाण्डे बिरगंजकाे भिस्वा हाेटल पुगेका छन् ।

छाेटेलाल यादव मातृका गुटका हुन् भने रामचन्द्र साह पूर्व एमालेका जिल्ला सचिव हुन्। घटनामा गम्भीर घाइते चाैरसियाकाे उपचारको क्रममा निधन भएको थियोे।

पर्सा लगायत दुई नम्बर प्रदेशका अधिकांश जिल्लामा पार्टीका स्थानीय कमिटीको एकता भएको छैन । केही दिनयता पर्साका स्थानीय कमिटीले भटाभट पूर्णता पाईरहेकाे छ।

यसमा पूर्व एमाले र पूर्वमाअाेवादीबीच नेतृत्व हत्याउन छिनाझम्टि हुने गरेको देखिन्छ । एकजना जिल्ला सदस्यका अनुसार यस्तै घटना यसअघि घाेषणा गरिएको ठाेरी गाउँ कमिटिमा पनि घटाउने षड्यन्त्र जिल्लाका केही नेताहरूले गरेको तर सफल हुन नसकेको बताए ।

घटनामा व्यापारी पृष्ठभूमिबाट राजनीतिमा छिरेका राजकुमार गुप्ताकाे प्रत्यक्ष संलग्नता रहेको प्रारम्भिक छानबिनमा देखिएको प्रहरीले बताएको छ। नेकपाका नेता रामचन्द्र साह र छाेटेलाल यादबकाे समेत संलग्नता रहेको नेकपा पर्साका एक सदस्य बताउँछन् ।

प्रकाशित मिति: शुक्रबार, कार्तिक ७, २०७७

 

 

ताजा अपडेट