प्रदेश २ समाचार हेडलाईन न्युज

तीन सय सवारी चालक अनुमति पत्र धानखेतमा फेला

सुनकोशी न्युज
२०७७ कर्तिक १३ गते बिहीबार

जनकपुर – जनकपुरको धान खेतमा सबै प्रक्रिया पूरा गरी सेवाग्राही लाई दिने अवस्थाका तीन सय सवारी चालक अनुमति पत्र फालिएको अवस्थामा फेला परेको छ।

यातायात व्यवस्था विभाग, काठमाडौंमा छापेर सेवाग्राहीलाई वितरणका लागि प्रदेश २ को जनकपुरस्थित यातायात व्यवस्था कार्यालयमा पठाइएको करिब ३ सय स्मार्ट लाइसेन्स धान खेतमा फेला परेको हो ।

कार्यालयनजिकैको धानखेतमा धान काट्न गएका महिलाहरुले उक्त लाइसेन्सका कार्डहरु भेटिएपछि नजिकै रहेको कार्यालयमा पुर्‍याइदिएका थिए ।

प्रकाशित मिति: बिहिबार, कार्तिक १३, २०७७