मुख्य समाचार हेडलाईन न्युज

नेपालमा थप २३६४ जनामा कोरोना

सुनकोशी न्युज
२०७७ कार्तिक १३ गते बिहीबार

काठमाण्डौं – नेपालका बिभिन्न ठाउँमा थप २ हजार ३ सय ६४ जनामा कोरोनाभाइरस पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ ।

संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार ६ सय १५ जना रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

यीसहित देशभर कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ९ सय ५२ रहेको मन्त्रालयले जनाएको छ।

यस्तै देशभर कोरोना निको हुनेको संख्या १ लाख २४ हजार ८ सय ६२ पुगेको छ।

यसैगरी कोरोनाबाट आज थप १७ जनाको मृत्यु भएको छ। यससँगै  कोरोनाबाट मृत्यु हुनेको संख्या ९ सय ४ पुगेको छ।

प्रकाशित मिति: बिहिबार, कार्तिक १३, २०७७