मनोरञ्जन मुख्य समाचार समाचार

र्‍यापर भिटेनलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयको पत्र

सुनकोशी न्युज
२०७७ कर्तिक १३ गते बिहीबार

काठमाडौं – र्‍यापर भिटेनलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई पत्र लेखेको छ।

भिटेन उपनामले चिनिने समीर घिसिङले एक साताअघि युट्युबमा पोस्ट गरेको र्‍यापको भिडिओमा आपत्तिजनक शब्द प्रयोग भएपछि कारबाही गर्न प्रहरी प्रधान कार्यालयले बिहीबार साइबर ब्युरो भोटाहिटीलाई पत्र लेखेको हो ।

भिटेनले ‘पारा’ शीर्षकमा नयाँ भिडिओ सार्वजनिक गरेका थिए। केही दिनअघि सार्वजनिक भएको भिटेनको उक्त भिडिओ अहिले नेपालको युट्युबमा टेन्ड्रिङको पहिलो नम्बरमा छ।

यसअघि भिटेनलाई प्रहरीले आपत्तिजनक शब्द तथा चित्र बोकेको भिडिओ सार्वजनिक गरेको आरोपमा महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो।

एक वर्षअघि पनि र्‍यापका विषयमा उनी विवादमा परेका थिए। प्रहरीले पक्राउ गरी उनलाई भिडिओ डिलिट गर्न लगाएको थियो।

प्रकाशित मिति: बिहिबार, कार्तिक १३, २०७७