विज्ञान समाचार

इन्स्टाग्राममा चार घण्टा लाइभ र पोष्ट गर्न मिल्ने

सुनकोशी न्युज
२०७७ कर्तिक १४ गते शुक्रबार

एजेन्सी – इन्स्टाग्राम युजर्सको लागि खुसीको खबर यो छ कि कम्पनीले इन्स्टाग्राम लाइभको समयसीमा एक घण्टाबाट बढाएर चार घण्टा पुर्याएको छ । अर्थात अब इन्स्टाग्राममा युजर्सले चार घण्टा सम्म लगातार लाइभ गर्न सक्नेछन् ।

यतिमात्रहोईन कम्पनीले एक अर्को फिचर लाइभ अर्काईभ काे पनि सुरुवात गरेको छ जसले लाइभ गरेको भिडियो लाई ३० दिन सम्म सुरक्षित गरेर राख्ने छ । यसको साथै युजर्सले चाहेमा लाइभ भिडियोलाई इन्स्टाग्राम टीभी मा पनि पोष्ट गर्न सक्नेछन् ।

यसभन्दा अगाडि इन्स्टाग्राम युजर्सको लाइभ भिडियो सुरक्षित हुँदैन थियो तर अब लाइभ अर्काईभ फिचरकाे सुरुवात पश्चात युजर्सको लाइभ भिडियो ३० दिन सम्म सुरक्षित रहनेछ र चाहेको बेलामा हेर्न सकिने छ । ३० दिन पश्चात भने उक्त भिडियो डिलिट हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, कार्तिक १४, २०७७