समाचार हेडलाईन न्युज

प्रचण्ड सचिवालयबाट भ्रामक समाचारको खण्डन

सुनकाेशी न्युज
२०७७ कार्तिक ६ गते विहिबार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय गुप्तचर संस्था रअ का प्रमुख गाेयललाई भेट गरेको समाचार सत्य नभएको उनको सचिवालयले बताएको छ।

प्रचण्डका प्रेस सल्लाहकार विष्णुप्रसाद सापकोटा जुगलले एक विज्ञप्ति प्रेसित गर्दै यसबारे केही अनलाइन मिडियाहरुले ‘प्रचण्ड र माधव नेपालसँग रअका प्रमुख गोयलको गोप्य भेट, बिहीबार मात्रै दिल्ली फर्कने’ शीर्षकमा समाचार प्रकाशित गरेकाे प्रति अापत्ति प्रकट गरेका हुन्। “समाचारप्रति हाम्रो सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ ।” उनले लेखेका छन् ।

प्रचण्ड र नेवालले गाेयललाई नभेटेकाे उनलेे जानकारी दिए।

जुगलले अगाडि लेखेका छन् ‘यस्ता कुटनैतिक र सम्वेदनशील बिषयमा झुट, कपोलकल्पित र भ्रामक समाचार लेख्ने प्रति खेद प्रकट गर्दै आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न अपील गर्दछु ।’

बुधबार रअ का प्रमुख विमान चार्टर गरेर नेपाल अाएका थिए। उनलेे नेपालका प्रधानमन्त्री केपी अाेली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । उनको भ्रमण विवादास्पद भएको कुटनैतिक वृत्तमा चर्चा छ।

प्रकाशित मिति: बिहिबार, कार्तिक ६, २०७७