शिक्षा/स्वास्थ्य समाचार स्थानीय हेडलाईन न्युज

सिन्धुली covid19 अस्पतालकाे अायव्यय सार्वजनिक

सुनकाेशी न्युज
२०७७ कार्तिक ५ गते बुधबार
सिन्धुली । कमलामाई नगरपालिका-६ शिवनगरमा निर्मित काेभिड-19 अस्पताल निर्माण सम्पन्न भएको छ।

सुरु गरेको लगभग दुई महिनामा निर्माण सम्पन्न भएको अस्पताल निर्माणमा लागेको खर्च र अाम्लानी अस्पताल निर्माण समितिले सार्वजनिक गरेको हाे । समितिका अध्यक्ष अशाेकराज श्रेष्ठले अस्पताल प्रांगणमा अायाेजित एक कार्यक्रममा हरहिसाब पेस गरेका हुन् ।

श्रेष्ठका अनुसार अहिलेसम्म भवन निर्माणका लागि विभिन्न स्राेतबाट रू २ कराेड १६ लाख जम्मा भएको जानकारी दिए। जसमध्ये बागमती प्रदेश सरकारबाट १ कराेड र अन् रकम जिल्लाका नाैंवटा स्थानीय सरकार र अन्य दाताहरूले दिएको चन्दा रकम रहेको छ। यो बाहेक विभिन्न दातृ संस्थाले ४४ लाख बराबरकाे सामाग्री पनि दिएका छन् । यसलाई पनि नगदिकरण गरिएको उनले बताए ।

भ्यान्टिलेटर icu सुविधा सहितको अस्पताल लगभग १ करोड ९४ लाखमा निर्माण सम्पन्न भएको छ। icu , ventilator जडान र हरेक बेडमा अक्सिजन पाइप जडान गर्न बाँकी छ ।

बागमती सरकारले अहिलेसम्म ९० लाख भुक्तानी दिएको र अन्य बाँकी दशैंपछि दिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । अहिलेसम्म ९६ लाख काम र सामानको भुक्तानी नियमसंगत तरिकाले भैसकेको उनलेे कार्यक्रममा बताए ।

अस्पताल निर्माणमा प्रदेश सरकार बाहेक विभिन्न ५६ वटा संस्थाहरुले रकम सहयोग गरेका छन् । यसरी सहयोग प्राप्त रकम र जनश्रमदानबाट अस्पताल निर्माण भएको हाे।

साथै, अस्पतालमा PCR परिक्षण गर्ने उपकरण समेत अाईसकेकाे तर जनशक्ति अभावका कारण संचालनमा ल्याउन नसकेको सिन्धुली जिल्ला अस्पतालका अध्यक्ष प्रल्हाद पाेखरेलले बताए ।
संचालन हुन अझै २५ दिन लाग्ने उनको भनाइ छ।

काेराेना अस्पतालका लागि अहिले केही डाक्टर र ९ जना स्टाफ नर्स रहेको र अन्य ९ जना प्रदेश सरकारले छिटै पठाउने पाेखरेलले बताए ।

कार्यक्रममा रिलिफ नेपालले साैचालय निर्माण र डस्टविन गरेर ९ लाख ५ हजारकाे सामाग्री हस्तान्तरण गरेको छ।

बागमती प्रदेश सभा सदस्य तथा नेकपा सिन्धुलीका अध्यक्ष राजन दाहालले उक्त अस्पताल पछि ट्रमा सेन्टरका रुपमा रुपान्तरण गरिने जानकारी दिए । उनले यो काेराेना अस्पताल अाजबाट सिन्धुली अस्पताललाई हस्तान्तरण गरिएको बताए । उक्त काेभिड -१९ अस्पताल निर्माणमा उनको विशेष याेगदान रहेको सचिव प्रदिप कटुवालले बताए ।

प्रकाशित मिति: बुधबार, कार्तिक ५, २०७७