समाचार हेडलाईन न्युज

भ्रममा नपर्न प्रचण्ड सचिवालयकाे अाग्रह

सुनकाेशी न्युज २०७७ कार्तिक ४ गते मंगलबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कर्णाली प्रदेशको बिषयमा छलफल भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुुुुुुगलले बताउनुभयो ।

एक प्रेस नाेट सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको हाे। उहाले ‘छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी बिषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको हो । यसबारे कुनै भ्रममा नपर्न सबैसँग आग्रह गरिन्छ ।’ भनिएको छ।

प्रकाशित मिति: बुधबार, कार्तिक ५, २०७७