शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

तीन कम्पनीलाई रेम्डेसिभिर आयात र विक्री गर्न अनुमति

सुनकोशी न्युज
२०७७ असोज ३० गते शुक्रबार
काठमाण्डौं । औषधि व्यावस्था विभागले कोरोनाको उपचारमा प्रयोग गरिने रेम्डेसिभिर औषधि आयात तथा विक्री वितरणको लागि तीन कम्पनीलाई अनुमति दिएको छ। जसमा दुई नेपाली र एक भारतीय कम्पनी छन्।

औषधि विभागबाट अनुमति पाएका यती फर्माकेम डिस्ट्रिब्युर्ट्स, ललितपुर, सिनर्जी ओभरसिज प्राइभेट लिमिटेड, काठमाडौं र हेटेरो ल्याब्स लिमिटेड, भारतलाई अनुमति दिइएको विभागका सहप्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिए।

कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सकहरूले पनि रेम्डेसिभिरको प्रयोगले बिरामीको अस्पताल बसाइँ छोट्याएको बताएका छन्।

विभिन्न क्लिनिकल ट्रायलले रेम्डेसिभिरले संक्रमितको उपचारमा सघाउ पुर्‍याएको देखिएको छ। जसले गर्दा बिरामीको अस्पताल बसाइँ घटेको देखिएको चिकित्सक बताउँछन्। तर अहिले पनि अनुसन्धान भइरहेकाले यसले ठूलै परिवर्तन ल्याउँछ भन्ने यकिन भने छैन।

सुरूमा यो औषधि इबोला भाइरसको उपचारमा प्रयोग गरिएको थियो। यसलाई अमेरिकाको ुफुड एन्ड ड्रग एसोसिएसनु ुएफडिएु ले पनि मान्यता दिएको छ।

भारतलगायत अन्य देशमा प्रभावकारिता देखिएको भन्दै विज्ञहरूले यो औषधि नेपालमा पनि शिघ्र प्रयोगमा आउनुपर्ने जोड दिएका छन्।

कोरोना संक्रमितको उपचार गरिरहेका अस्पतालहरूले पनि रेम्डेसिभिरको प्रयोग गर्न आफू तयार रहेको जनाएका छन्।

प्रकाशित मिति: शुक्रबार, अशोज ३०, २०७७