मुख्य समाचार समाचार

हवल्दार दम्पती ४ लाख घुस सहित अख्तियारको फन्दामा

सुनकोशी न्युज
२०७७ असोज ३० गते शुत्र।बार
वुटवल । चार लाख घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार र उनकी श्रीमती पक्राउ परेका छन ।

प्रहरी थुनामा रहेको आरोपीलाई धरौटीमा छुटाइदिन सहयोग गरेवापत चार लाख घुस लिएको आरोपमा हवल्दार शिवचन्द्र सहनी र उनकी श्रीमती निर्मला केवट शुक्रबार पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले विशेष सूचनाका आधारमा गरेको स्टिङ अपेरेसनका क्रममा रुपन्देहीको सियारी गाउँपालिका–७ स्थित खनाल मिठाइ पसल नजिकबाट हवल्दार दम्पती रंगेहात पक्राउ परेका हुन् । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, अशोज ३०, २०७७