शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

शुक्रबार थप ४३९२ जनामा संक्रमण, उपत्यकामा २४०२ संक्रमित

सुनकोशी न्युज
२०७७ असोज ३० गते शुत्र।बार
काठमाडौं । गत २४ घण्टामा नेपालमा थप ४ हजार ३९२ जनामा कोरोना भाइरस संक्रमित भएका छन् ।

देशभरका प्रयोगशालामा १६ हजार ५३१ नमूना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये २ हजार ४०२ जना काठमाडौं उपत्यकाका छन् ।

यससँगै कुल संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ । उनीहरुमध्ये ७१५ जनाको मृत्यु भएको छ भने ८८ हजार ४४ संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति: शुक्रबार, अशोज ३०, २०७७