समाचार हेडलाईन न्युज

सचिवहरुको अचानक सरुवा, कसकसलाई कहाँकहाँ पठाइयो ?

सुनकोशी न्युज
२०७७ असोज २९ विहिबार
काठमाण्डौं । मन्त्रीमण्डल हेरफेर गरेर नयाँ मन्त्रीहरुले सपथ खाएकै देन बसेको पहिलो मन्त्रीपरिषद बैठकले सचिवहरुको व्यापक सरुवा गरेको छ । नयाँ मन्त्रीहरुलाई सहजताको लागि सचिवहरुको सरुवा गरिएको बताइएको छ ।

लामो समय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा रहेका सचिव देवेन्द्र कार्कीलाई जल तथा उर्जा आयोगमा सरुवा गरिएको छ । उक्त आयोगमा कार्यरत सचिव रमेशप्रसाद सिंहलाई शहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

त्यसैगरी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा सुरुवा गरिएको छ । खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको सार्वजनिक खरीद अनुगमन कार्यालयमा सरुवा भएका छन् ।

प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिव केदार न्यौपाने उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएका छन् भने उपराष्ट्रपति कार्यालयका सचिव खगराज बराललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

काठमाडौं महानगरपालिका सचिव एकनारायण अर्याललाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव बनाइएको छ ।

सिञ्चाई सचिव रविन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वधार मन्त्रालयमा लगिएको छ । प्रधानमन्त्री कार्यालयमा कार्यरत यादव कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति: बिहिबार, अशोज २९, २०७७