समाचार हेडलाईन न्युज

राप्रपाका नेता कमल थापालाई कोरोना पोजेटिभ

सुनकोशी न्युज
२०७७ असोज २९ विहिबार
काठमाण्डौं । राप्रपा नेपालका अध्यक्ष तथा निवर्तमान उपप्रधानमन्त्री कमल थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक संजालमा एक स्टाटस ट्वीट गर्दै अध्यक्ष थापाले आफूलाई कोरोना लागेको जानकारी दिएका हुन् ।

सावधानी अपनाउदा अपनाउदै हिजो असाध्यै टाउको दुखेका कारण कोरोना परिक्षण गर्दा पोजेटिभ रिजल्ट आएको उनले बताएका छन् ।

यसबीच आफ्नो सम्पर्कमा आएका सबैलाई सचेत रहन पनि उनले आव्हान गरेका छन् ।

प्रकाशित मिति: बिहिबार, अशोज २९, २०७७