समाचार स्थानीय

बुढानिलकण्ठमा संक्रमितको संख्या ११५५ जना, सक्रिय संक्रमित ४५९ जना

सुनकोशी न्युज
२०७७ असोज २९ विहिबार
काठमाण्डौं । बुढानिलकण्ठ नगरपालिकाभित्र कोरोना संक्रमितको संख्या ११ सय ५५ जना पुगेको छन् । विहिबार मात्रै २७ जना नया संक्रमित थपिएका छन् ।

जसमध्य सक्रिय संक्रमितको संख्या ४५९ जना रहेको र निको हुनेको संख्या ६९० जना रहेको नगर परिषदका प्रमुख सल्लाहकार सुन्दर पुर्कुटीले जानकारी दिनुभयो ।

त्यसैगरी, सक्रिय संक्रमितमध्य होम आईसोसेलनमा रहनेको संख्या ४०३ जना र अस्पताल आईसोलेसनमा रहनेको संख्या ५६ जना रहेको उहाँले बताउनुभयो ।

नगरपालिकाका विभिन्न वडाहरुमा रहेका संक्रमितको विवरण यस्तो छ –
वडा नं ३– ४ जना
वडा नं ४– ४ जना
वडा नं ६– १ जना
वडा नं ७– ६ जना
वडा नं ८– २ जना
वडा नं ९– १ जना
वडा नं १०– ३ जना
वडा नं ११– ३ जना
वडा नं १२– ३ जना

प्रकाशित मिति: बिहिबार, अशोज २९, २०७७