समाचार हेडलाईन न्युज

विभिन्न समयमा मानव अधिकार अल्लंघन गर्ने २८६ जनाको नाम सार्वजनिक

सुनकोशी न्युज
२०७७ असोज २९ गते विहिबार
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले विभिन्न समयमा मानवअधिकार उल्लंघन गर्ने २८६ जनाको नाम सार्वजनिक गरेको छ ।

आयोगका अध्यक्ष अनुपराज शर्माबाट बिहीबार सार्वजनिक गरिएको प्रतिवेदन अनुसार उल्लंघनकर्तामा नेपाल प्रहरीका ९८, नेपाली सेनाका ८५, नेकपा माओवादीका ६५, निजामती कर्मचारी १६, सशस्त्र प्रहरी ८, शिक्षक ४, चिकित्सक २, मानवअधिकारकर्मी १ र अन्य ७ जना छन् ।

उल्लंघनकर्ताको सूचीमा पूर्व गृहसचिव नारायणगोपाल मलेगो, पूर्व प्रहरी महानिरीक्षक कुवेरसिंह राना, कर्णेल राजु बस्नेतलगायत छन् ।

आयोगले मानव अधिकार उल्लंघनकर्ता एक जना पूर्व प्रधानसेनापतिको नाम भने लुकाएको छ । उल्लंघनकर्ताको ८३ औं नम्बरमा ‘तत्कालिन प्रधानसेनापति’ मात्रै उल्लेख छ ।

उल्लंघनकर्ताको सूची

प्रकाशित मिति: बिहिबार, अशोज २९, २०७७