मुख्य समाचार समाचार

ग्लोबल आइएमई बैंकका गार्डमाथि उनकै खुकुरी खोसेर प्रहार

सुनकोशी न्युज
२०७७ असोज २९ गते विहिबार
काठमाडौं । मध्यबानेश्वरमा रहेको ग्लोबल आइएमी बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ।

बिहीबार दिउँसो पौने दुई बजे सेवाग्राहीलाई कोरोना संक्रमणबाट सजग गराउदै लाइन मिलाएर राख्ने क्रममा एकजना सेवाग्राहीसँग विवाद हुँदा उनले गार्डको खुकुरी खोसेर गार्ड रुद्र बहादुरमाथि प्रहार गरेर भागेका हुन् ।

सुरक्षा गार्ड रूद्र बहादुरको हातमा चोट लागेको र उनको केएमसी अस्पतालमा उपचार भैरहेको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

गार्डलाई खुकुरी हानेर फरार अपराधीको पहिचा भैसकेको र उनको खोजी भइरहेको एसपी राठौरले बताए।

प्रकाशित मिति: बिहिबार, अशोज २९, २०७७