मुख्य समाचार समाचार

नयाँ बजारमा ग्यास सिलिण्डर बिस्फोट, ११ जना घाइते

सुनकोशी न्युज
२०७७ असोज २९ गते विहिबार
काठमाडौं । काठमाडौं महानगरपालिका–१६, नयाँ बजारको फलफूल चोकस्थित एक घरमा ग्यास सिलिण्डर बिस्फोट हुँदा ११ जना घाइते भएका छन् ।

निलकुमारी क्षेत्रीको घरमा किरियापुत्री बसेको कोठामा ग्यास बाल्ने क्रममा विस्फोट भएको हो । घरको भुइँ तलाको भर्‍याङ छेउमा ग्यास बाल्ने क्रममा लिक भएर आगलागी भएको थियो । त्यहाँ भएको अर्को सिलिण्डर पनि विस्फोट हुँदा ठूलो क्षति भएको हो ।

घाइतेमध्ये गम्भीर घाइते चार जनालाई मनमोहन अस्पताल लगिएको छ । विस्फोटले झ्यालका सीसा फुट्नुका साथै घरको भित्तो भत्किएको छ ।

प्रकाशित मिति: बिहिबार, अशोज २९, २०७७