समाचार हेडलाईन न्युज

विधुवा र एकल ६० वर्ष मुनिका महिला र अशक्तलाई भत्ता दिन गृहको निर्देशन

सुनकोशी न्युज
२०७७ असोज २९ गते विहिबार
काठमाण्डौं । सरकारले ६० वर्ष मुनिका एकल महिला र अति अशक्तलाई भत्ता उपलब्ध गराउन स्थानीय तहहरूलाई निर्देशन गरेको छ।

गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर्न भन्दै भत्ता उपलब्ध गराउन स्थानीय तहमा पत्राचार गरेको हो।

केही समयदेखि ६० वर्षमुनिका विधवा र अति अशक्तको भत्ता रोकिएको थियो । विगभाले महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकालाई बुधबार पत्राचार गरेर आर्थिक वर्ष २०७७/०७८ को पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन भनेको हो।

६० वर्ष ननाघेका विधवा एकल महिलालाई मासिक दुई हजार र अति अशक्त अपाङ्गता ‘ख’ वर्गका परिचयपत्र भएका लाभग्राहीले मासिक एक हजार छ सयका दरले भत्ता पाउँछन्।

प्रकाशित मिति: बिहिबार, अशोज २९, २०७७