मुख्य समाचार शिक्षा/स्वास्थ्य समाचार स्थानीय

सिद्धज्योति क्याम्पस फोस्रेटारको अध्यक्षमा प्रदेश सांसद खड्का

सुनकोशी न्युज
२०७७ असोज ३० गते शुक्रबार
कमलामाई, सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ५ फोस्रेटारमा रहेको सिद्धज्योति क्याम्पस व्यावस्थापन समितिको अध्यक्षमा बागमति प्रदेश सांसद विनोद खड्का निर्वाचित हुनुभएको छ ।

आज क्याम्पसमा सम्पन्न साधारणसभाले सांसद खड्कालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । कार्यक्रम सिन्धुली निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य हरिबोल गजुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा कमलामाई नगरपालिक प्रमुख खड्गबहादुर खत्री, नेपाली काङ्ग्रेस सिन्धुली जिल्ला सभापति उज्ज्वल प्रसाद बराल लगाएतको उपस्थिति रहेको थियो ।

साधरणसभाको अध्यक्षता वर्तमान अध्यक्ष माणिककुमार ढकालले गर्नुभएको थियो । नवनिर्वाचित कार्यसमितिलाई संघीय सांसद तथा नेकपा स्थायी समिति सदस्य गजुरेलले बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

वननिर्वाचित कार्यसमितिमा रहनुभएका पदाधिकारीहरुको तालिका यसप्रकार रहेको छ –

अध्यक्ष – विनोदकुमार खड्का
उपाध्यक्ष – दिपक घिमिरे
सदस्य – पुरुषोत्तम अधिकारी
सदस्य – सतिशचन्द्र ढकाल
सदस्य – सबिता कोइराला
सदस्य – हरिप्रसाद अधिकारी
सदस्य – यमकुमार देवकोटा
सदस्य – भक्तहरि घिमिरे
सदस्य – तारा लामिछाने
सदस्य – बालकुमारी श्रेष्ठ

प्रकाशित मिति: शुक्रबार, अशोज ३०, २०७७