शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

आज मात्रै ३५५६ जनामा संक्रमण पुष्टि, १८ जनाको मृत्यु

सुनकोशी न्युज
२०७७ असोज २०७७ असोज २७
काठमाण्डौं । मंगलबार थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

उनका अनुसार हाल संस्थागत आइसोलशेनमा १५ हजार ४८ र होम हाइसोलेशनमा २० हजार ८६७ जना रहेका छन् । यस्तै २४ घण्टामा कोरोना निको हुनेको संख्या १ हजार ५०३ रहेको छ ।

यस्तै हालसम्म निको हुनेको कुल संख्या ७८ हजार ७८० पुगेको गौतमले बताए । यस्तै कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ भने हालसम्म मृतकको कुल संख्या ६६३ पुगेको छ ।

प्रकाशित मिति: मङ्लबार, अशोज २७, २०७७