शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

शिक्षामन्त्री पोखरेलसहित थप २०७१ जनामा कोरोना संक्रमण

सुनकोशी न्युज
२०७७ खसोज २५ गते आइतबार

काठमाण्डौं । आइतबार शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणी पोखरेलसहित थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार ज्वारो आएपछि पाटन अस्पताल भर्ना हुनुभएका मन्त्री पोखरेलको पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको मन्त्रीको स्वकीय सचिव पुरन खड्काले जानकारी दिनुभयो ।

देशभरका प्रयोगशालामा १२ हजार ४२७ नमूना परीक्षण गर्दा ७०२ महिला र १२६९ पुरुषमा संक्रमण देखिएको हो । जसमध्य उपत्यकामा थप १४१६ जनामा संक्रमण देखिएको छ ।

यससँगै कुल संक्रमितको संंख्या १ लाख ७ हजार ७५५ पुगेको छ । उनीहरुमध्ये ६३६ जनाको मृत्यु भएको छ भने ७५ हजार ८०४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १५५२ जना संक्रमणमुक्त भएका छन् ।

देशभर ३१ हजार ३१५ संक्रिय संक्रमित छन् । १७ हजार ६६६ होम र १३ हजार ६४९ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये ३२९ जनाको आईसीयू र ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १४१६ संक्रमित थपिएका छन्, जसमध्ये ११४५ काठमाडौं, १६१ ललितपुर र ११० भक्तपुरका छन् ।

प्रकाशित मिति: आइतवार, अशोज २५, २०७७