समाचार हेडलाईन न्युज

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुनकोशी न्युज
२०७७ असोज २५ गते आइतबार

सुर्खेत – कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीकै सांसदले मुख्यमन्त्रीविरुद्ध प्रदेश सभा संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गरेका हुन्।

नेकपा संसदीय दलका नेता समेत रहेका शाहीविरुद्ध आइतवार १८ जना सांसदले अविश्वासको प्रस्ताव लगेका हुन्।

सांसद यामलाल कँडेलको अगुवाइमा हस्ताक्षर सङ्कलन गरी संसदीय दलमा अविश्वास प्रस्ताव बुझाइएको नेताहरूले बताएका छन्।

मुख्यमन्त्री शाहीको कार्यशैली प्रभावकारी नभएको, सरकार जनस्तरमा अलोकप्रिय बन्दै गएको र मुख्यमन्त्रीले पार्टीको भावनाअनुसार काम गर्न नसकेको भन्दै सांसदहरुले उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।

अविश्वासको प्रस्ताव दर्ता गर्नेमा पूर्व एमालेका १५ जना र पूर्व माओवादीका ३ जना रहेको बताइएको छ।

नेपाल सङ्घीय प्रणालीमा गएदेखि कुनै पनि प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव अगाडि सारिएको यो पहिलो घटना हो।

प्रकाशित मिति: आइतवार, अशोज २५, २०७७