मुख्य समाचार शिक्षा/स्वास्थ्य स्थानीय

बुढानिलकण्ठमा आज थप ५८ जनामा कोरोना पोजेटिभ

सुनकोशी न्युज
२०७७ खसोज २५ गते आइतबार
काठमाण्डौं । बुढानिलकन्ठ नगरपालिकाभित्र आज थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै गपालिकाभित्र कोरोना संक्रमित हुनेको संख्या ९७६ जना पुगेको छ ।

अहिलेसम्म निको हुनेको संख्या ५६८ जना रहेको छ भने सक्रिय संक्रमित संख्या ४०३ जना रहेको छ । होम आईसोसेलनमा ३५५ जना रहेका छन् ।

संस्थागत आईसोलेसनमा रहनेको संख्या ४८ रहेको नगरपरिषद्का प्रमुख सल्लाहकार सुन्दर पुर्कुटीले जानकारी दिनुभयो ।
नगपालिकाका भिविन्न वडामा भएको संक्रमण विवरण यस्तो छ :

वडा नं ३– ४ जना
वडा नं ४– १ जना
वडा नं ५– १४ जना
वडा नं ६– ४ जना
वडा नं ७– ५ जना
वडा नं ८– ५ जना
वडा नं ९– ५ जना
वडा नं १०– ७ जना
वडा नं ११– ३ जना
वडा नं १२– ८ जना
वडा नं १३– २ जना

प्रकाशित मिति: आइतवार, अशोज २५, २०७७