शिक्षा/स्वास्थ्य समाचार स्थानीय

बुढानिलकण्ठमा आज ३२ जनामा कोरोना संक्रमण

सुनकोशी न्युज
२०७७ असोज २४ गते शनिबार
काठमाण्डौं । काठमाण्डौंको बुढानिलकण्ठ नगरपालिका क्षेत्रमा २४ घण्टामा ३२ जनामा नयाँ संक्रमण देखिएको छ ।

योसँगै नगरपालिकाभित्र संक्रमितको संख्या ९१८ जना पुगेको छ । यसमध्य ५६८ जना कोरोना भाइरसमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ३४५ जना रहेको छ ।

जसमा होम आईसोसेलनमा ३१३ जना र अस्पताल आईसोलेसनमा रहनेको संख्या ३२ जना रहेको नगरपरिसदका प्रमुख सल्लाहकार सुन्दर पुर्कुटीले सुनकोशी न्युजलाई जानकारी दिनुभयो ।

नगरपालिकाका विभन्न वडाहरुमा आज भएको नयाँ संक्रमितको संख्या यसप्रकार रहेको छ ः

वडा नं २– १ जना
वडा नं ३– १ जना
वडा नं ४– २ जना
वडा नं ६–३ जना
वडा नं ७– १ जना
वडा नं ८– ५ जना
वडा नं ९– ३ जना
वडा नं १०– ११ जना
वडा नं ११– १ जना
वडा नं १२– ४ जना

प्रकाशित मिति: शनिबार, अशोज २४, २०७७