मुख्य समाचार शिक्षा/स्वास्थ्य समाचार

पर्यटन मन्त्री योगेश भट्टराईलाई कोरोना पोजेटिभ

सुनकोशी न्युज
२०७७ असोज २४ गते शनिबार
काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण भएको छ । आज गरेको पिसिआर परिक्षणमा मन्त्री भट्टराईलाई कोरोना पोजेटिभ देखिएको हो ।

केही दिनयता भट्टराईलाई हल्का ज्वारो आइरहेको थियो । गत सोमबार पिसिआर परिक्षण गर्दा रिजल्ट नेगेटिभ देखाएको थियो । त्यसपछि पनि काठमाण्डौंबाहिरका केही कार्यक्रममा सहभागी भएका भट्टराईको ज्वरो कम नभएपछि आज पूनः परिक्षण गर्दा उहाँलाई कोरोना पोजेटिभ देखिएको हो ।

यसबीचमा आफ्नो सम्पर्कमा आउनेजति सबैलाई सजग रहन र परिक्षण गराउन उहाँले अनुरोध गर्नुभएको छ । आइसोलेशनमा बस्नुपर्ने भएकाले सेवाबाट विमुख हुनुहुने सबैप्रति उहाँले क्षमाप्रर्थी भएको बताउनुभएको छ ।

मन्त्री भट्टराईले सामाजिक संजालमा एक संदेश लेख्दै भन्नुभएको छ ः ‘गत सोमबार कोरोना परिक्षाण गर्दा रोपोर्ट नेगेटीभ आएको थियो । त्यसक्रममा काठमान्डौ बाहिरका केहि कार्यक्रममा सहभागी पनि भएँ । हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वोरोको महशुस भयो । आज शनिबार पुनस् कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको भरखरै जानकारी पाएको छु। हालसम्म पनि हल्का ज्वोरो बाहेक अरु समस्या देखिएको छैन् ।’

उहाँ अगाडि लेख्नुहुन्छ, केहि दिन यता मसँग संपर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परिक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु । मेरा कारणले कसैलाई पर्न जाने असुबिधाप्रति क्षमाप्राथी छु । होसियार रहनु र परिआएमा सामना गर्नु बाहेक के नै पो बिकल्प छ र ?’

प्रकाशित मिति: शनिबार, अशोज २४, २०७७