शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

नेपालमा एकैदिन ५ हजार ८ जनामा कोरोना पोजेटिभ

सुनकोशी न्युज
२०७७ असोज २४ गते शनिबार
काठमाण्डौं । नेपालमा गत २४ घण्टामा ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संक्रमण अहिलेसम्मकै उच्च हो । हरेक दिन हुने संक्रकणको झण्डै दोब्बर संख्यामा यसपटक कोरोना संक्रमण पोजेटिव देखिएको छ ।

देशभरका प्रयोगशालामा १९ हजार ३२० नमुना परीक्षण गर्दा १८२३ महिला र ३१८५ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या एक लाख ५ हजार ६ सय ८४ पुगेको छ । जसमा ७४ हजार २ सय ५२ जन संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १२२९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर ३० हजार ८१८ संक्रिय संक्रमित छन् । १७ हजार १६४ जना होम र १३ हजार ६५४ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये ३२१ जनाको आईसीयू र ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

थपिएका संक्रमितको विवरण यसप्रकार छ :

काठमाडौं उपत्यकामा २६७२ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौं जिल्लाका २१००, ललितपुरका ३६९ र भक्तपुरका २०३ जना छन् ।

यस्तै मोरङका ३६९ जना, सुनसरीका ३९४, रुपन्देहीका २१५, चितवनका १४७, सुर्खेतका १३४, दाङका ९३, तनहुँका ५५, मकवानपुरका ५४, कास्कीका ५१, झापाका ४८ र सिन्धुलीका ४८, बाँकेका ४५, प्युठानका ४२, नुवाकोटका ४०, धादिङका ३८, पाल्पाका ३७, पर्साका ३६, नवलपुरका ३६, काभ्रेका ३५, कैलालीका ३५, नवलपरासीका ३१, गोरखा २५, सर्लाही १९ तथा सिराहाका १८ र कञ्चनपुरका १८ जनामा संक्रमण देखिएको छ ।

रौतहटका १७ जना, बाग्लुङ र सल्यानका १२/१२ जना, धनकुटा, धनुषा, महोत्तरी, र रुकुम पश्चिमका ११÷११ जना, बारा, दैलेख र बझाङका १०/१० जना, संखुवासभाका ९, दोलखा, जुम्ला र बैतडीका ८/८ जना, म्याग्दी स्याङ्जाका ७/७ जना, उदपयुर, सप्तरी, सिन्धुपाल्चोक, बर्दिया र अछामका ६/६ जना, ओखलढुंगा, रामेछाप र रोल्पाका ५/५ जना, इलाम, डडेलधुरा र डोटीका ४/४ जना, खोटाङ, भोजपुर, रसुवा, पर्वत र दार्चलाका ३/३ जना, लमजुङ र रुकुम पूर्व २/२ जना तथा ताप्लेजुङ, तेह्रथुम र कालीकोटका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये ६१४ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: शनिबार, अशोज २४, २०७७