मुख्य समाचार समाचार स्थानीय

रोटर्याक्ट क्लबबाट ढकालगाउँमा रक्तमाला मन्दिर सरसफाई

Raktamala sarsafai

दिपेश थापा
सुनकोशी न्युज
२०७७ असोज २४ गते शनिबार

सिन्धुली । रोटर्याक्ट क्लब सिन्धुलीगढीले शनिबार सिन्धुलीको कमलामाइ ४ ढकालगाउँमा रहेको रक्तमाला मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

क्लबका अध्यक्ष सुजिता खडकाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा साइकल क्लब सिन्धुली र सामुदायिक प्रहरी सेवा केन्द्र सिन्धुलीको सहभागिता रहेको थियो । सरसफाइ अभियान बिहान ८ बजे सुरु भई ९ बजे सकिएको थियो ।

कमलामाइ ४ का वडा अध्यक्ष एबम रक्तमाला मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष महेन्द्र ढकालले बडा दशैंको पुर्ब सन्ध्यामा रक्तमाला मन्दिर सरसफाई कार्यक्रम आयोजना गरेर युवाहरूले गरेको सहयोग सराहनीय भएको बताए ।

उनले फुलपातीका दिन आयोजना गरिने बढाइ कार्यक्रममा कलश यात्रा र सास्कृतिक कार्यक्रम हटाइएको जानकारी दिए । यसपाली सरकारले जारी गरेको स्वास्थ मापदण्ड पालना गर्दै बैदिक कार्यक्रम गरिने पनि ढकालले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, अशोज २४, २०७७