शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

ललितपुर बारका पूर्व अध्यक्ष विष्टको निधन

सुनकोशी न्युज
२०७७ असोज २४ गते बनिबार
ललितपुर । ललितपुर बार एसोसियशनका निवर्तमान अध्यक्ष अधिवक्ता दिपक कुमार विष्टको निधन भएको छ ।

रुघाखोकी भएर ११ दिनदेखि उपचाररत बिष्टको ललितपुरकै भैसेपाटीमा रहेको मेडिसिटी अस्पतालमा उपचारकै क्रममा शुक्रबार राती ८ बजे मृत्यु भएको हो । अवस्था नाजुक हुँदै गएपछि बिष्टलाई केहि दिनदेखि ललितपुरस्थित मेडिसिटीको भेण्टिलेटरमा राखिएको थियो । मुटुमा समस्या देखिएपछि केही समय पहिले उनको मुटुमा स्टेन हालिएको थियो ।

उनलाई निमोनिया भएको र पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो । सोही संक्रमणको कारण उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । अन्य रोगको संक्रमण नभएका विष्टको मृत्युको कारण कोरोना नै रहेको छ । बारमा व्यवसायिक मर्यादा कायम गर्न सक्षम बिष्टको निधनले मुलुकले कुशल अधिवक्ता गुमाएको छ ।

ललितपुरको गोदावरी नगरपालिका ९, छम्पी निवासी विष्ट ४६ वर्षका थिए । उनको परिवारमा छोरा, छोरी र श्रीमती छन् । उनको निधनप्रति ललितपुरका राजनीतिक दल, पत्रकार लगायत देशभरका अधिवक्ताहरुले दुख व्यक्त गरेका छन् ।

त्यसैगरी, उच्च अदालत बार एसोसिएसन,बिराटनगरको कार्य समितिका पूर्व अध्यक्ष तथा अधिवक्ता रामबहादुर निरौलाको पनि कोरोना संक्रमणबाट ज्यान गएको छ ।

प्रकाशित मिति: शनिबार, अशोज २४, २०७७