शिक्षा/स्वास्थ्य समाचार स्थानीय

बुढानिलकण्ठभरि अहिलेसम्म ८८६ संक्रमित, ५०८ जाना निको, ५ को मृत्यू

सुनकोशी न्युज
२०७७ असोज २३ गते शुक्रबार
काठमाण्डौं । बुढानिलकन्ठ नगरपालिकाभित्र अहिलेसम्म कोरोना भाइरस संक्रमितको संख्या ८८६ जना पुगेको छ । जसमध्य ५०८ जानाले कोरोना भाइरसलाई जितेर निको भइसकेका छन् ।

शुक्रबार २४ घण्टामा थप ३२ जनामा कोरेना संक्रमण भएको छ । संक्रमितमध्य सक्रिय संक्रमितको संख्या ३७३ जना रहेको छ । होम आईसोसेलनमा ३३६ जना र अस्पताल आईसोलेसनमा संख्या ३७ जना रहेको नगरपालिकाका सल्लाहकार सुन्दर पुर्कोटीले जानकारी दिनुभयो ।

केही समयपहिला बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धब खरेललाई पनि कोरोना संक्रमण पोजेटिभ भएका कारण होम आइसोलेशनमा रहनुभएको छ ।

नगरपालिकाका विभिन्न शुक्रबार नयाँ थप भएका संक्रमितहरुको विवरण यसप्रकार छ ः
वडा नं १– १ जना
वडा नं २– १ जना
वडा नं ३– २ जना
वडा नं ४– ३जना
वडा नं ५– ३ जना
वडा नं ६– २ जना
वडा नं ७– ३ जना
वडा नं ८– ५ जना
वडा नं १०– ९ जना
वडा नं ११– २ जना
वडा नं १२– १ जना

बुढानिलकण्ठ नगरपालिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ जना रहेको सल्लाहकार पुर्कोटीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शुक्रबार, अशोज २३, २०७७

ताजा अपडेट