समाचार हेडलाईन न्युज

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित

सुनकोशी न्युज
२०७७ असोज १८ गते आइतबार

काठमाडौं – सोमबारका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ।

गगन थापा, अर्जुन नरसिंह केसी लगायतका सात जना केन्द्रीय सदस्यमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि केन्द्रीय समिति बैठक स्थगित भएको हो।

कांग्रेसले असोज २२ गतेसम्म केन्द्रीय कार्यालय बन्द गरेको छ।

प्रकाशित मिति: आइतवार, अशोज १८, २०७७