प्रदेश मुख्य समाचार समाचार

भैँसे–भीमफेदी सडकखण्ड राष्ट्रिय प्राथमिकताको योजनामा

सुनकोशीन्यूज
२०७७ असोज १८ गते आइतबार

काठमाडौं । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले भैँसेबाट भीमफेदी सडकखण्डलाई राष्ट्रिय प्राथमिकताको योजनामा छनोट गर्न प्रस्ताव गरेको छ ।

त्रिभुवन राजपथको भैँसेबाट भीमफेदीमा निर्माण हुने प्रस्तावित सुरुङमार्गको मुखसम्मको सडकलाई मन्त्रिस्तरीय निर्णय गरेर राष्ट्रिय प्रथमिकताको योजनामा छनोट गर्न मुख्यमन्त्री कार्यालयमा प्रस्ताव पठाएको छ ।

उक्त सडकखण्ड सुरुङमार्गकै एउटा खण्ड रहेको र सोहीअनुरुप सडकको विस्तार थालिसकिएको छ ।

 

प्रकाशित मिति: आइतवार, अशोज १८, २०७७