शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

विष्णु रिमाल, राजन भट्टराई, सूर्य थापा र इन्द्र भण्डारीलाई कोरोना संक्रमण पुष्टि

सुनकोशी न्युज
२०७७ असोज १७ गते शनिबार
काठमाण्डौं । प्रधानमन्त्री केपी ओलीका तीन जना सल्लाहकारलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा संक्रमण देखिएको हो ।

त्यसैगरी प्रधानमनत्री ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि कोरोना संक्रमण पोजेटिभ देखिएको छ । सचिवालयका सबैको शुक्रबार स्वाब परिक्षण गरिएको थियो । ‘‘केही सवारी चालकहरुमा पनि संक्रमण देखिएको छ”  स्रोतले बतायो ।

यसमा प्रधानमन्त्री ओलीको परीक्षण गरिएको छैन । सचिवालयका चार जनालाई कोरोना पोजेटिभ देखिएपछि अब उनको पनि परीक्षण हुने बताइएको छ ।

प्रकाशित मिति: शनिबार, अशोज १७, २०७७