शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

अपडेट : प्र.म. निवास बालुवाटारका ६५ सुरक्षाकर्मीलाई पनि कोरोना पुष्टि

सुनकोशी न्युज
२०७७ असोज १७ गते शनिबार
काठमाण्डौं । कमजोर स्वास्थ्य अवस्थामा रहेका प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६५ सुरक्षाकर्मीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

केन्द्रीय प्रयोगशालाका अनुसार नेपाली सेनालका २८, नेपाल प्रहरीका १९ जना र सशस्त्र प्रहरीका १८ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । अन्य केहीको रिपोर्ट आउन बाँकी छ ।

स्वास्थ्यका हिसावले कमजोर रहेका प्रधानमन्त्री केपी शर्मा ओली सचिवालयका प्रमुख पात्रहरुसहित यति धेरै सुरक्षाकर्मीलाई एकसाथ कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री विवास बालुवाटार व्यवस्थापन गम्भीर हुनुपर्ने देखिएको छ ।

भेटघाट, कार्यक्रम र भान्सामा विशेष सावधानी अपनाउनुपर्ने डाक्टरहरुले सुझाएका छन् ।

प्रकाशित मिति: शनिबार, अशोज १७, २०७७