मुख्य समाचार शिक्षा/स्वास्थ्य समाचार

कोरोना अपडेट : २४ घण्टामा २१२० थपिदा संक्रमित संख्या ८४,५७० पुग्यो, ५२८ को मृत्यू

सुनकोशी न्युज
२०७७ असोज १७ गते शनिबार
काठमाण्डौं । पछिल्लो २४ घण्टामा २१२० थप जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ ।जसमध्य ६२ हजार ७४० जना संक्रमणमुक्त भएका छन् । जसमा २०४४ जना पछिल्लो २४ घण्टामा मात्र कोरोना संक्रमणमुक्त भएका छन् ।

देशभरका प्रयोगशालामा १२ हजार ९७८ नमुना परीक्षण गर्दा ७६६ महिला र १३५४ पुरुषमा संक्रमण पुष्टि भएको हो । अहिलेसम्म ५२८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: शनिबार, अशोज १७, २०७७