शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

२४ घण्टामा देशभर १ हजार ३५६ संक्रमित थपिए

सुनकोशी न्युज
२०७७ असोज ६ गते मंगलबार

काठमाडौं । बिगत २४ घण्टामा देशभर १ हजार ३ सय ५६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

मंगलबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै देशभर संक्रमितको कुल संख्या ६६ हजार ६ सय ३२ पुगेको गौतमले बताए ।

बिगत २४ घण्टामा ८२३ जना कोरोनामुक्त भएका छन् भने यससँगै कोरोनालाई जित्नेको संख्या ४८ हजार ६१ पुगेको छ ।

बितेको २४ घण्टामा थप २ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ४२९ पुगेको छ ।

प्रकाशित मिति: मङ्लबार, अशोज ६, २०७७